यस श्री चन्द्रवाल आधारभुत विद्यालयको स्थापना वि.सं. २०४५।१०।१८ मा भएको हो । सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ५ सिमरीमा यस विद्यालय अवस्थित रहेको छ । यस विद्यालयको स्थापना गर्नका लागी सम्पुर्ण समुदायको ठूलो भुमिका रहेको छ । यस विद्यालयको सेवा क्षेत्रमा अधिकांश राना, चौधरी र क्षेत्री जातीको वसोवास रहेको छ । स्थापनाकालदेखी विभिन्न वाधा , व्यवधान हरुलाइ चिर्दै जन्मीए पछि हुकर्ने पर्ने प्राकृतीक नियमलाई पालना गर्नु यस विद्यालयको पनि नियतिनै रह्यो । आफ्ना क्रियापलापहरु सुचारु गर्ने ञmममा २०४५ साल १ शिक्षक दरबन्दि सहित कक्षा १ को अनुमती प्राप्त गरेको यस विद्यालयको २०४९ सालमा कक्षा ५ सम्मका अनुमती प्राप्त गरी प्राथामीक विद्यालयको पुर्णता पाएको कुरा अवगत गराउदछु । २० औ वर्षसम्म प्राथामिक तह कक्षा ५ मा सिमीत रहेको यस विद्यालयको २०६९ सालमा कक्षा ६ को अनुमती प्राप्त गरी २०७२ सालमा कक्षा ८ को अनुमती प्राप्त गरी स्तर वृद्धि भइ हालसम्म आधारभुत तह कक्षा ८ संचालनमा रहेको अवगत गराउदछु । हाल यस विद्यालयमा १ पक्कि भवन ४ कक्चि भवन रहेको छ साथै क्ष्ऋत् बिद पनि रहेको छ । विद्यालयलाइ यहा सम्म पुर्याउन समुदाय र विभिन्न संघ संस्थाको महत्तपुर्ण भुमिका रहेको छ । यसका साथै विद्यालयलाइ आजको यस अवस्थासम्म पुर्यायने श्रेय यहा विभिन्न कालखण्डमा शिक्षण गर्ने शिक्षक र पुर्व प्र.अ. हरुमा पनि जान्छ । विविध आरोह अवरोह पार गर्दै आज विद्यालयका वेवसाइट निर्माण कार्य सम्म पुर्याउन सहयोग गर्नु हुने सम्पुर्णमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ ।